धनगढी । कैलालीको धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८१ आजबाट सुरु भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् ।
देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञको आयोजना गरिएको साहित्य समाजले जनाएको छ ।
सुदूरपश्चिमेली समाजमा धर्म,संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिने उदेश्यले महायज्ञको आयोजना गरिएको जनाइएको छ ।
आजदेखि सुरु भएको महायज्ञ यही माघ २७ गतेसम्म सञ्चालन हुने तथा महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीबाट भावगत कथा बाचन हुने जनाइएको छ । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोल महोत्सव स्थलमा सञ्चालन भएको छ ।














