काठमाडौं । पर्वत, विहादी गाउँपालिका-६ सुशिल ढुङ्गास्थित सडकमा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु.१ ज ४४६० नम्बरको बोलेरो जिप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार विहादी गाउँपालिका-३ रानीपानी बस्ने ६१ वर्षीय मिन प्रसाद न्यौपाने र
गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
अर्घाखाँची, मालारानी गाउँपालिका-२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु.१ ज ४२२६ नम्बरको जिप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














