धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक, डिके पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख ७६ हजार ५ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका सुटपिस, साडी, सुर्ती, प्लाष्टिक झिल्ली, जेसिबीका विभिन्न पार्टपुर्जा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मोतियाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख बराबरको सामान बरामद गरिएको जनाइएको छ । उक्त स्थानबाट चिनी, नरिवल, सुर्ती, कुरकुरे, १ थान मोटरसाईकल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको जनाइएको छ।













