धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको टीकापुर नगरपालिका–६ नारायणपुर र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली
गरि ल्याएका अन्दाजी रु १ लाख ९२ हजार ५ सय बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यका प्याज, सोमपापडी,, चक्लेट,खुर्सानी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













