धनगढी । कैलालीमा चोरी मुद्दामा फरार एकजना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने २१ वर्षीय युवराज सलामी मगर रहेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०७९ पुस १३ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि फरार रहेका सलामी मगर शुक्रबार पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाइएको छ ।














