कैलाली । रत्गैयाँ परिवार समाजको पाँचौ राष्ट्यि गोत्यार सम्मेलन शुरु भएको छ । आज बेलौरी ५ सालघारी मैनाहा कंञ्चनपुरमा शुरु भएको सो सम्मेलनलाई पुर्व राज्यमन्त्री चुन कुमारी चौधरीले उदघाटन गरेकी छन ।
उनले सम्मेलनको उदघाटन गर्दै अब रत्गैयाँ परिवार जाग्नु पर्ने बेला आईसकेको वताइन् । उनले राज्यका हरेक निकायमा रत्गैयाको रजगज हुनु पर्ने औल्याइन् ।
हामी आफ्नो अधिकारको लागी आवाज उठाउनु पर्ने वताउदै उनले भनिन् हामी जागीसकेका छौ रत्गैया परिवारको अधिकारका लागी आफु जस्तो सुकै मुल्य चुकाउन तयार छु ।
मिसन चौरासीको पुर्ब तयारी पनि हो उनले भनिन् रत्गैया परिवारले राज्यका तिनवटै निकायमा आफ्नो उपस्थिती जनाउन जुनसुकै पार्टीवाट पनि चुनाब लड्न सक्छ । 















