धनगढी । कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुन्य दशमलव ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
यसैगरी भीमदत्त नगरपालिका–६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
निज दुबै जनालाई शुक्रबार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।














