संसारको कुनै पनि देशले प्रयोग गर्दै आएका शासन प्रणालीहरु मध्ये सबैभन्दा उत्तम र भरपर्दो प्रणाली भनेको जनताको शासन हो । यो शासन प्रणालीमा जनताको सर्वोच्चता र जनताले आफ्ना आवश्यकता परिपुर्तिका लागि राष्ट्रको निश्चित भुभाग भित्र रहि जनप्रतिनिधि मार्फत सार्वभौम सत्ता सम्पन्न सरकार गठन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चतालाई मध्यनजर गर्दै राष्ट्रको कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाद्वारा केन्द्रिकृत एकाधिकार प्रणालीको अन्त्य गर्दै विधिवतरुपमा जनताको शासन कार्य प्रणालीको सुरुवात गरी आफ्ना नैसर्गिक हक र अधिकारको सुनिश्चित गर्दै आवश्यकता परिपुर्ति गर्दछन् । जसलाई सारमा प्रजातन्त्र वा लोकतन्त्र र विधिको शासन पनि भनिन्छ ।
वास्तवमा प्रजातन्त्र वा लोकतन्त्र जनताको स्वीकृतिमा आधारित वैधता प्राप्त जनप्रतिनिधिहरुको समझदारीद्वारा जनभावना र आवश्यकताको स्पष्ट प्रतिनिधित्व र परिपुर्ति हुने गरी विधिको शासन संचालन गर्दछन् । यद्धपी तानाशाही एकतन्त्रीय पंयायतका विरुद्ध जनताको ठूलो त्याग,तपस्या,वलिदान र संघर्षबाट प्राप्त प्रचलित संघीय गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतान्त्रिक प्रणाली अनि यसले परिवर्तन र निर्माण गरेका सामाजिक,आर्थिक,भौतिक,शैक्षिक र राजनीतिक चेतना प्रगतिको वास्तविक मुल्यांकन गर्ने हो भने हिजोका ती एकात्मक तानाशाही केन्द्रिकृत शासन प्रणालीका नाइके आजका आन्दोलनकारी राजावादीहरुलाई इश्र्या र जलन हुन स्वभाविक हो ।
हिजोका ती, केन्द्रिकृत एकात्मक जहानिया राणाशासन वा तानाशाही पंचायतका नाईके राजतन्त्रवादीहरु जो आजपनि संघात्मक गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्र समाप्त गर्ने भाइरसको रुपमा देखा परेर राजतन्त्र जिन्दावाद भन्दै जनताले निर्माण गरेका भौतिक संरचना तोडफोड गरी हुनहार सर्वसाधारण जनताको दुईचार छोराछोरी मराएर व्यक्तिवादी केन्द्रिकृत एकात्मक शासन प्रणाली राजतन्त्रको दिवा सपना देख्नु हालको उत्तर आधुनिक समयमा अर्को महान भ्रम मात्र हो ।
“वर्तमानमा बदलिदो विश्व परिवेशमा हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि संघीय गणतन्त्रात्मक शासन प्रणाली र समावेशी लोकतन्त्र अनी जनताको बहुदलिय शासन व्यवस्था भन्दा अर्को कुनै उपयुक्त शासन व्यवस्था छैन ।”
तर, केन्द्रिकृत एकात्मक शासन प्रणालीका राजावादी चरितनायक आदरणीय मित्रहरुको अध्ययन र अनुभवले यो बुझ्न जरुरी छ की सो महामानव वीपी कोइराला, महात्मागान्धी (मोहनदास कर्मचन्द गान्धी) र थोमस जेफ्रसन महान प्रजातन्त्रवादीले कहिल्यै पनि व्यक्तिवादी एकात्मक तानाशाही व्यवस्थालाई आफ्ना कुनै पनि लेख र रचनाहरुमा समय सापेक्षित व्याख्या बाहेका प्रवृतिलाई प्रशय र प्रशंसा अनि बढाई चढाई गरेको पाइदैन । चाहे त्यो विपीको समाजवादमा होस् वा गान्धीको रामराज्यमा होस् वा थोमस जेफ्रेसनको स्वतन्त्रताको घोषणामा होस् । ती स्वतन्त्रताका महान प्रवर्तकहरुले आफ्नो जीवनको संघर्षपूर्ण वनबासको अवस्थामा होस् वा आर्थिक परिस्थिति सेप्रटेजको अवस्थामा होस् यस्ता एकात्मक केन्द्रिकृत शासन प्रणालीलाई आश्रय दिएको पाइदैन ।
त्यसैले, म यी राजावादी मित्रहरुलाई यो सुझाव दिन चाहान्छु की, स्वर्गीय विपी कोइराला, महात्मा गान्धी र थोमस जेफ्रेसन जस्ता स्वतन्त्रता,प्रजातन्त्र,लोकतन्त्र र समावेशी संघात्मक गणतन्त्रका व्याख्यात्मकको रचनाहरुलाई संकुचित भावना र दृष्टिकोणबाट अपव्याख्या गरेर भ्रमको खेती गरी तानाशाही व्यवस्था स्थापित गर्न खोज्नु भनेको कोतपर्व भण्डारखाल पर्व र नाराणहिटी हत्याकाण्ड जस्ता नरसंहार निम्त्याउन खोज्नु मात्र हो ।
त्यसैले म यो पनि ठोकुवाका साथ अर्को कुरा भन्न चाहान्छु कि हिजोका ती जहानीया राणा शासन एकतन्त्रीय व्यवस्था टिकाउन होस् वा तानाशाही राजतन्त्र टिकाउन होस् यीनका कुकृति लुकाउन गरिएका कोतपर्व,भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्डका घोतक तत्वहरुका सन्तानहरुले आज आएर त्यही सपना देखेर राजतन्त्रात्कम व्यवस्था स्थापना गर्न खोज्नु नै नेपालको इतिहासको अर्को पर्वको सुरुवात गर्नु हो । अन्तमा, आदरणीय राजावादी एकात्मक तानाशाही केन्द्रीकृत शासन प्रणालीका मतियार मित्रहरुलाई जनताको शासन प्रणाली र संघात्मक गणतन्त्र र समावेशी लोकतन्त्रमा आफ्नो लाचार प्रवृतिको मुर्खता प्रदर्शन गरी जनताको शासन प्रणालीले स्थापना गरेका भौतिक संरचना भत्काउने र जनताको शासन व्यवस्थामा जनताकै छोरा मराएर राजतन्त्र स्थापना गर्ने दुष्प्रयास नगर्न आग्रह गर्दछु ।
“वर्तमान बदलिदो विश्व परिवेश संगै हाम्रो जस्तो अल्पविकसित राष्ट्रको लागि हामी नेपाली हिमाल,पहाड,तराईबासी जो जे वादी भएपनि वर्तमान प्रचलित व्यवस्थामा राष्ट्र निर्माणको अग्रगतिमा पूर्व मेची,पश्चिम महाकाली एक हुनुको विकल्प छैन ।”
कारण हामी एक शाहसी स्वाभिमानी अर्को हाम्रो अखण्ड भूमि सार्वभौम सत्ता सुसम्पन्न सरकार त्यसमा अनेक थरी जनता र राष्ट्रिय अनि अन्तर्राष्ट्रिय कानुनको वैद्यता प्राप्त संघीय गणतन्त्र र समावेशी लोकतन्त्रमा अनेकतामा एकता कायम गरी हामीले हाम्रा चरित्र सुधार्यौँ भने निश्चित रुपमा यो देश स्वर्ग बन्न कुनै समय लाग्ने छैन । शुभम….













