धनगढी । कञ्चननपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको बिभिन्न भीमदत्त नगरपालिका–५ सुकासाल, वडा नं –६ ऐठपुर, वडा नं–९ वडा नं-११ भुजेला र बेलौरी नगरपालीका–८ कलकत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ४० हजार मुल्य बराबरको भन्सार छलीका सामान सोमवर प्रहरीले बरामद गरेको हो।
उक्त मूल्य बराबरको बिडी, सुर्ती, गुट्खा, माछा, बोईलर कुखुरा, थानको कपडा, चप्पल, हार्डवेयरको, बिजुलीको र कस्मेटिक लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













