धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया नदीमा पौडी खेल्ने क्रममा डुबेर स्याउलेका १० वर्षीय बालक प्रविन थापामगरको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
नदीमा डुबेर घाइते भएका थापाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














