• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएको छ । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका छन् ।

माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो”, उनले भने, “हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।”

बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् ।

एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा एक लाखदेखि एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ । “फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ”, लालु चौधरीले भने, “तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।”

बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताए ।

उनीहरु माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । “बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन्”, अर्का स्थानीय छल्ली चौधरीले भने, “रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।”

अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरु किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरु बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् ।

बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउँछन् । “१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ”, उनले भने, “सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।” स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् । रासस

 

सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

समाचार

सबै

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.