धनगढी । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गर्दै सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने जानकारी पनि गराएको हो ।
कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक बाल नरसिंह राणा आएका छन् ।
प्रहरी महानिरीक्षकको वैशाख १५ गतेको निर्णयानुसार वैशाख महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ६३ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।














