धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहिद परिवारको घरमा बास बसेका छन् ।
जनयुद्धका बेला श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मालाई गुमाएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित खिमा शर्माको घरमा मंगलबार राति बास बसेका हुन् ।
तराई-मधेस जागरण अभियानको क्रममा मंगलबार साँझ अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली कञ्चनपुर पुगेको हो।
हाल खिमा शर्मा आफ्नो जेठो छोरासँग बस्दै आएकी छन् । जनयुद्धमा सो क्षेत्रबाट जीवन उत्सर्ग गर्ने १५ जना सहिदमध्ये खिमा शर्माको परिवार पनि एक हो ।













