काठमाडौं । डा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच बुधबार एकता घोषणा हुने तय भएको छ । राजधानीको प्रजा भवन कमलादीमा एकता घोषणा कार्यक्रम तय गरिएको जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले जानकारी दिए ।
नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ ।
पार्टीको नाम नागरिक जनमत रहनेछ ।













