कैलाली । धनगढी उपमहानगरपालिका ७ बेली पुल वरपर रहेको गाजा नष्ट गरेको छ । लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धि ३ महिने अभियान अन्र्तगत बेली पुलमा गाजा नष्ट गरेको प्रहरीले जनाएको छ ।
३ महिना देखि अभियाननै संचालन गरेर गाँजा नष्ट गर्दै आएका थियौ आज सो क्षेत्रमा प्रमुख जिल्ला अधिकारी ,सशत्र प्रहरी एसपी ,डिएसपी नेपाल प्रहरी स्थानीय जनप्रतिनिधि नेपाल प्रहरी, सशत्र प्रहरी समेत को उपस्थितिमा गाजा नष्ट गरिएको जनाएको छ ।














