कैलाली । घोडाघोडी नगरपालिका-४ गैंडाखेडा बस्ने एकेन्द्र शाहीको कच्ची घर, मदन बुढाको कच्ची घर र गोठ, डबल ठगुन्नाको कच्ची गोठ र बिष्णु पाण्डेको कच्ची घरमा आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














