धनगढी- कैलालीमा चुनावी सरगर्मी बढेको छ । यतिबेला उम्मेदवार तथा नेताहरूलाई खाना खाने फुर्सद छैन । मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका युवा नेता प्रकाश देउवा विहानदेखि साँझसम्म मतदाताको घर दैलोमा नै हुन्छन् । प्रकाश प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा समेत हुन् ।
उनी यस क्षेत्रका युवा माँझ लोकप्रिय मानिन्छन् । गत वर्ष सम्पन्न कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा लोकप्रिय मत पाएर महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका देउवा धनगढीलाई सुन्दर सहरसँगै सुदूरपश्चिम प्रदेश सभामा युवाको अर्थपूर्ण उपस्थितिका लागि निर्वाचन लडेको बताउँदै आएका छन् । छिमेकी जिल्ला कञ्चनपुरको गुलरियामा जन्मे हुर्केका देउवाले उच्च शिक्षा अध्ययनका क्रममा कैलालीको धनगढीमा पनि लामो समयदेखि परिचित हुन् ।
प्रधानमन्त्री पत्नी एवम् कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाका स्वकीय सचिवसमेत रहेका प्रकाश पछिल्लो ५ वर्ष यता लगातार धनगढीमै रहेर काम गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा डा।आरजु राणा देउवा कैलालीको निर्वाचन क्षेत्र नम्बर– ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेदेखि प्रकाश देउवा पनि यहाँका नेता तथा कार्यकर्तासँग निकट हुँदै यहाँको विकासको लागि लागि परेका छन ।
यस पटकको निर्वाचनमा पनि आरजु लड्ने चर्चा भएपनि उनी अन्तिममा ब्याक भएर समानुपातिकमा बसेपछि हाल यस क्षेत्रमा संघीय सांसदमा यसअघि यसै प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका डिल्लीराज पन्त संघीय सांसद्का लागि उम्मेदवार बनेका छन् ।
उनी विहान देखि मतदाताहरु संग भेटघाट देखि सर–सफाईमा समेत जुट्न गरेका छन् । उनी धनगढीलाई हरित शहरका रुपमा निर्माण गर्ने प्रतिबद्धताका साथ अगाडि बढेका छन् । ‘धनगढीको विकासका लागि नै मेरो उम्मेदवारी हो’, उनले भने । ‘यहाँका प्रमुख समस्याका रुपमा अव्यवस्थित शहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदी कटान रहेको छ । यी समस्याका निराकरण गर्नका लागि एकीकृत दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनावद्ध विकासका लाग्ने हो ।’
धनगढी जस्तो ठूला सरकारको विकासका लागि स्थानीय र प्रदेश सरकारको बजेटले मात्र सम्भव नभएको हुँदा संघीय, विश्व बैंक, एसियाली बिकास बैक लगायतका दातृ निकायहरूको समन्वयमा पुरै क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको सडक सञ्जाल विस्तार गर्न कार्य विशेष प्राथमिकतामा रहने देउवाले बताए ।
हाल सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी बजार क्षेत्रबाट उम्मेदवारी दिएका प्रकाश देउवा पहिलो पटक निर्वाचन लड्दै छन् । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिक आउँदा पनि उम्मेदवारहरुलाई चुनावकै प्रचारमा जुटेका छन् ।
चुनाव दिन नजिकिँदै जादा उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन् । मतदाता रिझाउन सबैले आ–आफ्नो विशेषता, कलाशैली अपनाइरहेका छन् । गाउँ, टोलमा पुगेर उम्मेदवारहरु मतदाताहरुसंग आफुलाई भोट माग्न हात जोडिरहेका छन् ।
जतिजति चुनावको दिन नजिकिँदै गएको छ, त्यति नै उम्मेदवार तथा नेताहरूको धुपडी बढेको छ । कैलालीमा ठूला–साना धेरै दल चुनावमा होमिएका छन् । जित्ने आशा नै नभएकाहरू पनि आत्मविश्वासका खटिएका छन् । ठूला दलको प्रचार र भेटघाट त आक्रमक हुने नै भयो । पैदल हिँडेर, या धेरै–थोरै गाडी बोक्ने उम्मेदवारहरू यतिबेला जताततै देखिएका छन् ।
कैलालीका ५ वटा निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभामा ५ क्षेत्र भएपछि प्रदेश सभामा १० सिट हुने नै भयो । १० मध्ये अधिकांशमा सत्ता गठबन्धन र नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । फरकधारबाट














