धनगढी । अछाममा प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको साँफेबगर नगरपालिका-२ श्रीकोट स्थित तपसीझाड जंगलको खोल्सामा फँलाटको रुखमुनी लुकाइछिपाइ राखेको एक नाल भरुवा बन्दुक शुक्रबार दिउँसो बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














