धनगढी । कैलालीमा प्रहरीले पौने दुई लाख बराबरका अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख ७६ हजार ७१० बराबरको बिडी, सुर्ती, गुट्खा, हुक,रबर, बेकरी लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














