• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरणको विद्युत महसुलको बक्यौता ५२ करोड नाघेको छ ।

विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाका अनुसार प्रदेशका नौवटा वितरण केन्द्रको गत असार मसान्तसम्मको बक्यौता ५२ करोड २३ लाख ६५ हजार रुपैयाँ छ ।

साउनयता पनि बक्यौता थप भएको प्राधिकरणले जनाएको छ ।
सुदूरपश्चिममा प्राधिकरणका १२ वटा वितरण केन्द्र छन् । प्रादेशिक कार्यालयका अनुसार अछाम, बाजुरा र दार्चुला वितरण केन्द्रअन्तर्गत केही ग्राहकले अग्रिम महसुल भुक्तानी गरेकाले बक्यौता रकम एकीन छैन ।

उठ्न बाँकी बक्यौता घरायसी प्रयोजन, औद्योगिक, व्यवसायिक, सिँचाइ, सहरी क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट, सेवामुलक सार्वजनिक निकाय, मठमन्दिर, गुम्बा, सामुदायिक खानेपानी आदिको हो ।
बक्यौताको सबैभन्दा ठूलो हिस्सा सहरी क्षेत्रमा जडान गरिएका सडक बत्ती तथा घरायसी प्रयोजन, उद्योग र व्यापारिक फर्महरुको छ ।

धेरैजसो बक्यौता वर्षौँदेखिको रहेको प्रदेश कार्यालयले जनाएको छ ।
गत असार मसान्तसम्मको विवरणअनुसार कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रअन्तर्गतमात्रै २२ करोड ७० लाख ९९ हजार बक्यौता उठ्न बाँकी छ ।

कैलालीको धनगढी वितरण केन्द्रको बक्यौता १५ करोड ४९ लाख ९४ हजार छ । धनगढीको बक्यौता बढेर साउन मसान्तसम्म १८ करोड ६३ लाख पुगेको छ ।
विद्युत प्राधिकरणको प्रदेश कार्यालय अत्तरियाका सहायक निर्देशक यमकर्ण बस्नेतले साउनयता पनि बस्यौता थप हुँदै गएको तर त्यसको तुलनामा असुलि न्यून रहेकोले प्रदेशभरिको बक्यौता रकम बढ्दै गएको बताए । बक्यौतामध्ये धेरैजसो रकम उठ्ने संभावना कम रहेको प्राधिकरणको आकलन छ ।
कैलालीको टीकापुर वितरण केन्द्रको बक्यौता छ करोड ७६ लाख ११ हजार, भजनी वितरण केन्द्रको एक करोड ७० लाख ४७ हजार र कञ्चनपुरको बेलौरी वितरण केन्द्रको बक्यौता दुई करोड ६१ लाख ७० हजार रहेको बस्नेतले जानकारी दिए । त्यस्तै असार मसान्तसम्म डडेल्धुरा वितरण केन्द्रको एक करोड ११ लाख ८० हजार, डोटी वितरण केन्द्रको ९४ लाख ३१ हजार, बैतडी वितरण केन्द्रको ६२ लाख २५ हजार र बझाङ वितरण केन्द्रको २६ लाख महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
सडक बत्तीको बक्यौता धेरै
तराइका वितरण केन्द्रमा उठ्न बाँकी महसुलको ठूलो हिस्सा सहरी क्षेत्रमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटको रहेको छ । महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत स्मार्ट स्ट्रिट लाइटको बक्यौता ११ करोड ७३ लाख, धनगढी वितरण केन्द्रअन्तर्गत सात करोड ४४ लाख र टीकापुर वितरण केन्द्रअन्तर्गत चार करोड ६३ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको तथ्यांक छ ।
औद्योगिक क्षेत्रको उठ्न बाँकी महसुल महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत दुई करोड ७१ लाख र धनगढी वितरण केन्द्रअन्तर्गत एक करोड ८३ लाख रुपैयाँ छ । पसललगायत व्यापारिक फर्महरुको उठ्न बाँकी बक्यौता धनगढी वितरण केन्द्रअन्तर्गत एक करोड १९ लाख ८० हजार, महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत एक करोड १४ लाख ६२ हजार र भजनीवितरण केन्द्रअन्तर्गत ४८ लाख ८१ हजार बक्यौता छ ।
गत आर्थिक वर्षमा मात्र प्राधिकरणले प्रदेशभरि आठ हजार ४२० ग्राहकको लाइन काटेको थियो । लाइन काटेपछि आठ हजार ५१ ग्राहकबाट १४ करोड पाँच लाख रुपैयाँ असुल भएको बस्नेतले जानकारी दिए । सुदूरपश्चिममा प्राधिकरणका करिब चार लाख २६ हजार ग्राहक छन् ।
सडक बत्ती, सार्वजनिकि निकायलगायतको बक्यौता उठ्ने संभावना कम रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेयले प्राधिकरणले बक्यौता उठाउन ताकेता गर्ने र लाइन काट्ने गरेको बताए । उनले बक्यौताको ठूलो हिस्सा रहेको स्मार्ट स्टिट लाइटको रहेकोले त्यस्तो बक्यौता असुलि सरकारको निर्णयमा भर पर्ने बताए ।

  • विद्युत बक्यौता
आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 
नहरमा डुबेर बालकको मृत्यु

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.