धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री भट्टले तीज पर्वले मौलिक संस्कृति, परम्परा तथा सामाजिक मूल्य–मान्यताको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। उनले तीजले दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
तीजले समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस् भन्ने कामना पनि मुख्यमन्त्री भट्टले गरेका छन्।















