धनगढी । कैलालीमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष कैद सजाय र रु.१० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-९ बस्ने २३ वर्षीय भीमबहादुर रावल र सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका-१० बस्ने २९ वर्षीय सन्तोष विक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।















