धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बेदकोट नगरपालिका-१० सिसैयाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।















