जिल्लाको कुल लक्षित जनसंख्या १ लाख ७६ हजार ३४४ रहेकोमा हालसम्म ४०.५७ प्रतिशतले खोप लगाइसकेकाे स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले निशाना न्युजलाई जानकारी दिए।
उनले घोडाघोडी र लम्कीचुहा नगरपालिकामा छुटेका व्यक्तिहरूलाई जेई खोप लगाउने कामलाई पनि निरन्तरता दिएको बताए ।
स्थानीय तहअनुसार हालसम्मको खोप कभरेज घोडाघोडी नगरपालिकामा ८७.०१ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा १४.४५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
कैलालीमा जेई संक्रमणको जोखिमलाई ध्यानमा राखी ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो।
