• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

  • १०. सांसद पाठकले लगाए जेई खाेप

बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित

धनगढी । डाक्टर बन्ने सपना थियो जनकराज जोशीको । तर, पारिवारिक र आर्थिक परिस्थितिका कारण उनको त्यो सपना पूरा हुन सकेन । डाक्टर बन्न नपाए पनि उनले स्वास्थ्य क्षेत्रमा केही गर्ने अठोट गरे । त्यही अठोटले उनलाई धनगढीमा कैलाली अस्पताल स्थापना गर्न प्रेरित गर्‍यो ।

आज जनकराजको अधुरो सपना उनका छोरा डा. विवेक जोशीले पूरा गरेका छन् ।

बुवाले स्थापना गरेको अस्पतालमा छोरा शल्यचिकित्सक बनेर बिरामीको उपचार गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलस्थित कैलाली अस्पतालमा कार्यरत डा. विवेकले एक वर्षदेखि जनरल सर्जनका रूपमा सेवा दिइरहेका छन् ।

नेपाल मेडिकल कलेज, जोरपाटीबाट एमबीबीएस र चितवन मेडिकल कलेज, भरतपुरबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेका उनले आफ्नो चिकित्सकीय यात्रा आफ्नै ठाउँबाट सुरु गर्ने निर्णय गरे ।

‘बुवा पहिलेदेखि नै मेडिकल क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले आफू डाक्टर बन्न नपाएको कुरा सधैँ सुनाउनुहुन्थ्यो । छोरालाई डाक्टर बनाउँछु भन्ने उहाँको चाहना थियो,’ विवेक भन्छन्, ‘बुवा र आमाकै प्रेरणा र प्रयासले आज आफ्नै ठाउँमा आफ्नै अस्पतालमा सर्जनका रूपमा सेवा गर्न पाएको छु ।’

विवेकलाई पनि सानैदेखि डाक्टर बन्ने इच्छा थियो । एमबीबीएस अध्ययनका क्रममा विभिन्न विभागमा काम गर्ने अवसर पाउँदा उनको रुचि न्युरो सर्जरीतर्फ बढ्यो ।

न्युरो सर्जरीका बिरामी र उपचार प्रक्रियाले उनलाई आकर्षित गरेपछि उनले शल्यचिकित्सा अध्ययन गर्ने निर्णय लिए ।

‘सर्जरी भनेको रोगलाई जरैबाट हटाउने प्रक्रिया हो जस्तो लाग्छ । शल्यक्रियापछि बिरामी निको भएर फर्किएको देख्दा छुट्टै सन्तुष्टि मिल्छ,’ उनी भन्छन् ।

चिकित्सा शिक्षा र अभ्यासको यात्रा भने सहज थिएन । अध्ययनसँगै अस्पतालमा ड्युटी गर्नुपर्ने, बिरामीको हेरचाह गर्नुपर्ने र निरन्तर अभ्यासमा जुट्नुपर्ने बाध्यता थियो । कहिलेकाहीँ लगातार  घन्टौँ सम्म ड्युटी गर्नुपर्थ्यो । ठूला शल्यक्रिया गरिएका बिरामीको हेरचाहमा विशेष सतर्कता अपनाउनुपर्ने भएकाले जिम्मेवारी पनि उत्तिकै थियो ।

लामो संघर्षपछि अध्ययन पूरा गरेका विवेकका धेरै साथी विदेश पलायन भए । तर, उनले आफ्नै ठाउँमा फर्किएर सेवा गर्ने बाटो रोजे । बुवाको प्रेरणा र स्थानीय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने चाहनाले उनलाई धनगढी फर्किन प्रेरित गर्‍यो ।

‘बुवा मेरा लागि प्रेरणाको स्रोत हुनुहुन्छ। सकेसम्म आफ्नै ठाउँका बिरामीलाई राम्रो उपचार र सेवा सुविधा दिनुपर्छ भन्नुहुन्थ्यो । त्यसैले पढाइ सकिनेबित्तिकै आफ्नै ठाउँमा काम गर्ने निर्णय गरेँ,’ उनी भन्छन् ।

कैलाली अस्पतालमा काम सुरु गरेको एक वर्षमा उनले ८ सयभन्दा बढी शल्यक्रिया गरिसकेका छन् ।

आन्द्रा फुटेको, आन्द्रामा प्वाल परेको र चोटका कारण आन्द्रामा क्षति पुगेका जटिल अवस्थादेखि एपेन्डिक्स, हर्निया र पित्तथैलीको पत्थरीलगायतका शल्यक्रिया उनले गरेका छन् । सामान्य प्रकृतिका अन्य शल्यक्रियासमेत गर्दै आएका छन् ।

उनका लागि शल्यक्रियाको सफलता र बिरामीको स्वास्थ्यमा आएको सुधार नै सबैभन्दा ठूलो सन्तुष्टि हो

। उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्दै आफ्नै ठाउँमा सेवा विस्तार गर्नु उनको प्राथमिकता छ ।

स्वास्थ्य उपचार महँगो हुँदै गएको अवस्थामा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहुलियत दिनुपर्ने आवश्यकता पनि उनी महसुस गर्छन् ।

त्यसैले कतिपय बिरामीको शल्यक्रिया न्यून शुल्कमा गर्ने गरेको उनी बताउँछन् । औषधि किन्न नसक्ने बिरामीलाई अस्पताल प्रशासनले सहयोग गर्ने गरेको छ भने आफूले पनि कतिपयको शल्यक्रिया र बेड शुल्क नलिने गरेको उनको भनाइ छ ।

‘बिरामीको आर्थिक अवस्था कमजोर छ भने सकेसम्म कम खर्चमा उपचार गर्ने प्रयास गर्छौँ। बिरामीले राम्रो उपचार पाउनु नै हाम्रो प्राथमिकता हो,’ उनी भन्छन् ।

जनकराज जोशी लेअस्पताल स्थापना गरेर स्वास्थ्य सेवाको जग बसाले भने विवेकले त्यही जगमा उभिएर बिरामीको उपचार गरिरहेका छन् ।

विवेक अब आफ्नै ठाउँमा निरन्तर सेवा गर्दै स्थानीय बिरामीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन चाहन्छन् । उनका लागि बुवाको सपना पूरा गर्नु मात्र सफलता होइन, आफ्नै माटोमा बसेर बिरामीको पीडा कम गर्न सक्नु नै वास्तविक सन्तुष्टि हो ।

  • कैलाली अस्पताल
सोमबार, असोज १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
यस्तो छ आजको मौसम पूर्वानुमान
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
आठ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

समाचार

सबै

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

यस्तो छ आजको मौसम पूर्वानुमान

बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

यस्तो छ आजको मौसम पूर्वानुमान

बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.