काठमाडौं- नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ फेरि बढेको छ । सुन मंगलबार तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।
सुन सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँले कारोबार भएको थियो । केही दिन लगातार बढेको सुनको भाउ सोमबार भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर सोमबार फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।













