धनगढी- धनगढीमा स्कुल जाँदै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी छन् । आइतबार बिहान स्कुल जाने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा १३ वर्षीया छात्रा सुस्मिता साउद गम्भीर घाइते भएकी हुन् । प्रहरीका अनुसार धनगढी–३ स्थित जनता आधारभूत मावि कक्षा ६ मा अध्ययनरत छात्रा घाइते भएकी हुन् ।
ट्याक्टरको ठक्करबाट गम्भीर भाइते भएकी छात्रा साउदको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
डिएसपी जोशीका अनसार ट्याक्टरको खोजी भइरहेको छ । यसअघि गत बिहीबार धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १६ वर्षीया चेतना साउदको सडक निर्माणमा प्रयोग गरिएको ग्रेडरमुनि च्याप्पिएर मृत्यु भएको थियो ।














