काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार दुई सय रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन एक लाख नौ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँचले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।













