काठमाडौँ – सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि सुन आइतबारकै दररेटमा कारोबार भइहरको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ।
आइतबार भने सुन तोलामा ३०० रुपैयाँ बढेको थियो। आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ।आइतबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो।













