धनगढी– सुदूरपश्चिम प्रदेशकै पहिलो स्टक इन्भेष्टमेन्ट कम्पनी धनगढी इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभा शनिबार धनगढीमा सम्पन्न भएको हो । सञ्चालक समिति अध्यक्ष युवराज भट्टको अध्यक्षतामा भएको साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
साथै साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । रामबहादुर शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मण गिरीले गरेका थिए ।













