काठमाडौं – बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ६०० रूपैयाँले गिरावट आउँदा चाँदी तोलामा १५ रूपैयाँले घटेको हो।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ सय रूपैयाँ घटेको थियो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँ कायम भएको छ। महासंघका अनुसार बुधबार चाँदीको प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।













