काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३ सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १लाख ५ हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार तीन सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख पाँच हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख चार हजार आठ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार तीन सय ६५ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।













