धनगढी, चैत १३
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ ।
आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको जनाएको छ। आयोगले आइतबार अन्तिम मतदाता नामावली पनि प्रकाशन गर्दैछ ।














