काठमाडौ – आज सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँले घटेको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ कायम रहेको छ ।
तेजावी सुनको मुल्य भने १ लाख ५ हजार ३ सय रूपैयाँमा झरेको छ । त्यसैगरी आज चादिँको मुल्य प्रतितोला १ हजार ३ सय ६५ रूपैयाँमा स्थिर रहेको छ ।













