डडेल्धुरा – डडेल्धुरामा बदेलको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणमा परेर मृत्यु भएको हो ।
आइतबार खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका पल्लेको मृत्यु भएको हो । डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार घाइते पल्लेको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।















