धनगढी -नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।
पार्टी ८ दलीय गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्टै नागरिक उन्मुक्तिले पनि अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पनि सोही गठबन्धनमै छ ।
अध्यक्ष श्रेष्ठ कैलाली १ बाट निर्वाचित सांसद हुन्। उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।













