• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिमका पीडा हेर्ने दृष्टि नभएको सरकार

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

काठमाडौँ- कुरा २०३७ सालतिरको हो। हामी अमृत साइन्स क्याम्पसको विद्यार्थीका रूपमा भारतका विभिन्न सहरको शैक्षिक भ्रमणमा गएका थियौं। लखनउबाट काठगोदाम हुँदै पहाडकी रानी भनेर चिनिने नैनीताल पनि गयौं। पोखराका फेवा, वेगनास र रूपातालको भ्रमण गरिसकेको सन्दर्भमा पहाडकी रानी भनिने ठाउँमा अवस्थित नैनीताल विशाल र सुन्दर होला भन्ने जुन सोचिएको थियो, त्यसका विपरीत पहाडको खोंचमा नहरमार्फत पानी थुनेर बनाइएको सो ताल हेर्दा हाम्रो पोखराका तालहरूसँग तुलनै गर्न नसकिने लाग्यो।

आजभन्दा ४२ वर्ष अगाडि नै पर्यटनका लागि चाहिने सबै पूर्वाधार मात्रै थिएन, भारतका प्रतिष्ठित नेता तथा व्यापारीका छोराछोरीहरूले समेत अध्ययन गर्ने स्कुलहरू एकसे एक भएको हुँदा त्यो ठाउँको पर्यटकीय मात्रै नभईकन शैक्षिक महत्व पनि रहेको थियो। त्यही नैनीतालको शेरउड भन्ने स्कुलमा भारतीय चलचित्रका महानायक अमिताभ बच्चन तथा प्रधानमन्त्री राजीव गान्धीले समेत अध्ययन गरेका थिए। पर्यटकीय पूर्वाधार र पर्यटक रमाउने त्यहाँ जुन खालको व्यवस्था थियो, त्यो हेर्दा त्यति बेला हाम्रा पर्यटकीय गन्तव्यहरू भर्खर बामे सर्दै गरेको भान हुन्थ्यो।

त्यतिबेला पनि त्यहाँको सानो बसपार्कमा हातमा नाम्लो र कसैकसैले पछाडि बोरा बोकेका भरियाहरू हरेक सवारी आउँदा दौडेर त्यसमा भएका भारीलाई तँछाडमछाड गर्दै निकालेका र भारीका लागि छिनाझप्टी गर्दा एक आपसमा झगडा समेत गरेको देखिन्थ्यो। पछि बुझ्दै जाँदा त्यसरी भारी बोक्नका लागि तँछाडमछाड गर्नेहरू सबै नेपाली रहेछन्, त्यो पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका। आजभन्दा ४२ वर्ष अगाडिको सो दृश्य पुनः ताजा र ज्वलन्त भयो, जब मैले कान्तिपुर टेलिभिजनबाट प्रसारित विद्या चापागाइ प्रस्तोता र कमलकुमार निर्देशक रहेको हेर्ने कथाको १०१औं शृङ्खला हेरें।

यो वृत्तचित्र कुनै बेला नेपालकै एउटा भूभाग रहेको कुमाउ गढवालको पिथौरागढमा वर्षौंदेखि अपमानित जीवनमा पनि आफ्नो रोजीरोटीका लागि अनवरत संघर्षरत नेपाली भरियाहरूको हृदयविदारक जीवनलाई चित्रित गर्दै बनाइएको रहेछ। यसो त हेर्ने कथाले पिँधमा रहेका आम नेपाली जसलाई मूल धारका मिडियाले रिपोर्टिङका लागि कम योग्य सम्झेका आम मान्छेका कथा, व्यथा र पीडालाई देखाउने गर्छ। त्यस्तै शृङ्खलामध्येको एक यो पनि हो तर यसले एकैपटक भुइँ मान्छेको कथाव्यथा मात्रै देखाएको छैन, एकै साथ देशप्रतिको भावना र प्रेम, राजनैतिक व्यवस्थाप्रति असन्तुष्टि र कटाक्षका साथै नेपाल र नेपालीप्रतिको आफ्नोपन पनि देखाएको छ।

हेर्ने कथा मेरो विचारमा यस्तो वृत्तचित्रहरूको शृङ्खला हो, जसले विनाउद्देश्य, विनापटकथा, विनाकथा जे भेटिन्छ त्यसको छायांकन गर्दै जान्छ र पछि त्यसलाई कथाको स्वरूप दिएर दर्शकसामु प्रस्तुत गरिन्छ। यसको शृङ्खलामा यसका प्रस्तोता र निर्देशक द्वयविद्या चापागाई र कमलकुमार आफै पनि त्यसका पात्र तथा सूत्रधार भइदिन्छन्।

उनीहरूको मलाई मनपर्ने अर्को शैली हो–पात्रहरूको भोगाइलाई जस्ताको त्यस्तै राख्नु, उनीहरूको अवस्थालाई असर पार्ने शासक वा शासन व्यवस्थाप्रति पनि कुनै आग्रह वा पूर्वाग्रह नदेखिनु। उनीहरू समाजशास्त्रका विद्यार्थी वा अध्येता हुन कि होइनन् मलाई थाहा छैन तर उनीहरूका हरेक प्रस्तुति समाजशास्त्रीय हिसाबले बेजोड हुन्छन् तथा भन्नु र भनाउनुपर्ने विषयलाई पात्रमार्फत नै व्यक्त गराइएका हुन्छन्।

यी दुई प्रस्तोताहरू कठिनभन्दा कठिन र दुर्गमभन्दा दुर्गम ठाउँमा आफै पुगेका हुन्छन् र पात्रसँगै खानेबस्ने र रमाउने गरेका हुन्छन्। कतिपय सन्दर्भमा उनीहरूको पहिरनलाई फरक नदेख्ने हो भने मानै उनीहरू पनि पात्रमध्येकै पात्र हुन्। खानाका लागि पनि पात्रहरूसँग जे उपलब्ध छ वा उनीहरूले जे खान्छन् काठमाडौंकी सम्भ्रान्त महिला विद्याले पनि त्यही खाइरहेकी हुन्छिन्।

यो अर्थमा उनको पत्रकारिता बेजोड मात्रै नभईकन अन्यका लागि अनुकरणीय छ। कथालाई अन्त्य गर्ने उनीहरूको शैली पनि मलाई रोचक लाग्छ, त्यसमा न त कुनै समाधान देखाइएको हुन्छ न त समस्या। यो सबै सोच्ने र गर्ने जिम्मा सम्भवतः उनीहरूले दर्शकलाई नै छोड्न चाहेका हुन्। हेर्ने कथाको अर्को सशक्त पक्ष भनेको यसको शीर्षक गीत हो। यो यति कर्णप्रिय छ कि यसले समेटेका दृश्यहरू हेर्दा मनलाई भावुक बनाइदिन्छ। नेपालका भुइँमान्छेहरूका जिन्दगी सबैको यस्तै हो भनेर सोच्नुपर्ने बनाइदिन्छ।

मैले चर्चा गर्न लागेको पिथौरागढमा जीवन बिताइरहेका नेपाली भरियाहरूको कथालाई हेर्दा यसका दृश्यहरूले दर्शकलाई भावुक मात्र बनाइदिन्न, आँसु समेत निकालिदिन्छ। सामान्यतया चलचित्रले देखाउने दृश्य हाम्रो सामाजिक तथा पारिवारिक जीवनसँग जोडिएका हुन्छन् र कुनै मार्मिक दृश्यहरू आए भने दर्शकको आँखामा स्वतः आँसु आउँछन् तर आम वृत्तचित्रमा त्यस्तो कम हुन्छ किनभने त्यसमा कुनै नाटक हुँदैन, न त यसमा अत्यधिक सिर्जनात्मक प्रयोग गरिएको हुन्छ।

यो कथाका धेरै पात्र र दृश्यले भावुक बनाइदिन्छ। उनीहरूले त्यहाँ कुनै ठुलो उपलब्धिका लागि संघर्ष गरिरहेका हुँदैनन्, केवल बाँच्नका लागि संघर्ष गरिरहेका हुन्छन्। अहिले हामी एक्काईसौं शताब्दीमा छौं। संसार कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रा सुदूरपश्चिमका नेपाली दाजुभाइहरू पलपलमा हुने अपमान सहेर बाँच्नकै लागि छिमेकी देशमा संघर्ष गर्नुपरेको देख्दा कसलाई चित्त बुझ्लारु

मलाई दर्शकका रूपमा तीनवटा दृश्यले मेरो मन छियाछिया मात्र भएन, आँखाबाट धरधर्ती आँसुसमेत आयो। एकजना भरिया जो पिथौरागढमा एक दशकभन्दा बढी समयदेखि छन्, उनले संवाद गर्दै जाने क्रममा विद्यालाई आफ्नो देशकी चेली भन्दै आफ्नो सुरुवालको भित्री खल्तीबाट झिकेर ५ सय भारु दिन्छन्। ५ सय विद्याका लागि कुनै ठुलो रकम होइन तर ती भरियाले कर गरेर दिँदा उनले आफ्नो आँसु थाम्न सक्दिनन् र एउटा कुनामा गएर भक्कानिन्छिन्। त्यो दृश्य हेर्दा दर्शकले पनि आँसु थाम्न सक्ने कुरा भएन।

एउटा सामूहिक बसाइमा रहेका धेरै भरियाहरूले पेट भर्नका लागि सुक्खा रोटी ग्यासमा बनाइरहेको देखाइन्छ। आफ्ना लागि बनाएको रोटी विद्यालाई पनि दिइन्छ तर त्यसमा कुनै दाल र तरकारी हुँदैन। रोटीमाथि मुलाका चाना राखिएको हुन्छ। त्यही रोटी विद्याले पनि खान्छिन्। दिनभरि अत्यन्तै बलको तथा कठिन काम भारी बोकेर पनि साँझ मिठोचोखो खानुको सट्टा रोटी र मुलाले पेटभरेको हेर्दा उनीहरूको कति धेरै कष्टपूर्ण जीवन रहेछ भन्ने देखिन्छ। कथामा देखाइएअनुसार पिथौरागढका भारतीयहरूले नेपालीहरूलाई गर्ने पलपलको अपमान र शोषण पनि हो।

राम्रो गर्नेले महिनामा ३० हजारसम्म कमाउने नत्र १०र१२ हजार कमाउने आफूले सुक्खा रोटी मुलाको चानासँग खाएर बचेको पैसा घरमा पठाउने। धेरै जसोले त भारी बोक्दा जति कबोल गरेको छ त्यति दिने तर कसैकसैले ५ सय रूपैयाँ भनेको ठाउँमा पैसै नदिने र दिएमा पनि थोरै दिने र पिटेरसमेत पठाउने गर्छन् भन्दा कुन हदको अपमान र शोषण रहेछ भन्ने बुझिन्छ। यो एउटा पुस्तामा मात्रै सीमित हो कि भन्ने लाग्छ तर ४० वर्षदेखि त्यहीं पसिना बगाई रहेकाहरूले आफ्नो छोरा र कतिपयले परिवारसमेत त्यहीं लगेर राखेको देखिन्छ।

दोस्रो पुस्ताका युवाले भन्छन्–देशमा रोजगारी भएको भए यहाँ किन आउनुपथ्र्यो। त्यहाँ पुगेका महिलाहरूले पनि कुचो पोछा लगाउने तथा भाँडा माझेर बसेको बताउँछन्। यदि देशमा बस्ने वातावरण भएको भए हामी यहाँ भारतीयहरूको हेपाइ खान किन आउँथ्यौं भनेर भन्छन्। उनीहरूलाई राजनीतिक रूपमा समेत अपमान गरेर तिमीहरूको देश अब गणतन्त्र भइसक्यो। अब चीनले तिमीहरूलाई हेर्छ। तिमीहरू त्यता नगएर किन यहाँ आउँछौ समेत भन्छन् भन्दा यिनीहरूले कुन स्तरको अपमान सहेका रहेछन् भन्ने देखिन्छ।

उनीहरूको देशप्रेमको कुरा गर्दा ती पात्रले भन्छन्, ‘पिथौरागढको डाँडाबाट पारिपट्टि बैतडीका विभिन्न ठाउँ देखिन्छन्। ती ठाउँलाई देख्दा पनि एकदम सन्तोष लाग्छ र आफ्नो देशको तिर्सना केही हदसम्म भए पनि मेटिन्छ। कहिलेकाहीं पुलपार गरेर नेपालको माटो छुन पाउँदा आफू धन्य भएजस्तो लाग्छ।’ कुनै समय कुमाउ गढवाल क्षेत्र नेपालको आफ्नै भूमि थियो। पिथौरागढमै वीर बलभद्र तथा अमरसिंहले बनाएको किल्ला पनि रहेछ। अन्त्यमा विद्याले भन्छिन्, ‘कुनै बेला ती बलभद्र र अमरसिंहको वीरताको कथा भन्ने ठाउँमा अहिले हजारौं बलभद्र र अमरसिंहहरू बाँच्नका लागि संघर्ष गरिरहेका छन्।’

यो हेर्ने कथाको शृङ्खला हेरेपछि हामीले शासन व्यवस्था त फेर्‍यौ र देउवा, ओली र प्रचण्डहरूलाई पटक पटक सत्तामा पुर्‍यायौं तर यी भुइँमान्छेहरूलाई स्वदेशमै राख्ने काम त के प्रयाससमेत भएको देखिँदैन। अनि, मलाई भन्न मन लाग्छ–धिक्कार छ हाम्रा शासकहरूलाई ! नागरिक दैनिकबाट

  • पीडा हेर्ने दृष्टि
आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.