बाजुरा- बाजुरा उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । २२ औँ वार्षिक साधारण सभा तथा सातौँ जिल्ला अधिवेशन लागि निर्वाचन तालिका सार्वजनिक भएको हो । लामो समय देखी विवादलाई मिलाउने प्रयासमा रहेको समितिको टुगोँ नलागेपछि मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि आइतबार ५ बजे देखी निर्वाचन गतिविधि सञ्चालन भएको मुख्य निर्वाचन अधिकारी पुरबहादुर रावतले बताए । सोमबार दिउँसो १ बजे देखी मतदान हुने निर्वाचन अधिकारी रावतले जानकारी दिए । एक वर्ष देखी विवादमा रहेको पदाधिकारी छनौटमा सहमति नभएपछि मतदान हुने बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ ।















