काठमाडौं- सरकारले मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।
नेपाल सरकारको मंगलबार भएको मन्त्रिपरिषद बैठकले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अत्यावश्यक काम बाहेक नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाएको जानकारी दिइन्।















