काठमाडौं- पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २६।८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ।
आइबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
बिहीबारको तुलनामा आज नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो। नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४।७७ प्रतिशत घटेको छ।
त्यस्तै,लघुवित्त ३।८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त,बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।













