धनगढी- कैलालीको धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको बोतल (क्वाटर) भेटिएको छ।
उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका धनगढीको फुलबारीको ‘एच’ गाउँका ६१ वर्षीय वृद्धकाे पेटमा रक्सीको बोतल देखिएको हो।
उनको पेटमा एक्सरे गरेर हेर्दा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।















