खोटाङ- खोटाङमा काकाबाट भतिजी बलात्कृत भएको आरोपमा एक जना पक्राउ परेका छन् । । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल क्याम्पस टोलमा आफ्नै काकाबाट नाबालिका भतिजी बलात्कृत भएकी छन् ।
सोमबार राति अन्दाजी १२ बजे ३७ वर्षीय काकाबाट नाबालिका बलात्कृत भएको जनाईएको छ । भतिजीलाई जबर्जस्ती करणी गर्ने काकालाई मंगलबार बिहान ५ बजे घट्नास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती करणी मुद्दा दर्ता भएको छ । अभियुक्त विरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी मञ्जिल मुकारुङले बताए ।













