धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले गंगादशहरा मेला २०८० को आयव्यय सार्वजनिक गरेको छ । मन्दिर परिसरमा शनिवार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै गंगादशहरा मेला २०८० को आय व्याय सार्वजनिक गरेको हो।
मेलामा आम्दानी तर्फ दान पेटिका बाफत ५० लाख ३४ हजार पाँच सय रुपैयाँ, टेबल ठेली तथा मन्दिर विकास सहयोग ९९ हजार पाँच सय ३६ रुपैयाँ, दर्ता शुल्क ५ लाख ९२ हजार ९ सय १५ रुपैयाँ, साइकल पार्किङबाट २ लाख २० हजार, स्टल तथा पसल बाफत ७ लाख ६१ हजार ३८५ रुपैयाँ, रमाइलो मेला वाफत ९ लाख १ हजार रुपैयाँ र धान गहुँ बिक्रीबाट ६६ हजार २० रुपैयाँ गरेर ३१ लाख ७४ हजार ८६१ रुपैयाँ आम्दानी भएको बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
यस्तै खर्चतर्फ विद्युत् सामग्री खरिदमा १ लाख ३० हजार १ सय ३८ रुपैयाँ, लाइट तथा विद्युत् जडान तथा मिस्त्री खर्च ३६ हजार ३० रुपैयाँ, पूजा सामागरिमा खर्च भएको छ ।
त्यस्तै सुरक्षाकर्मी नास्ता खर्च शीर्षकमा २४ हजार रुपैयाँ खर्च भएको छ भने रेडक्रस, स्वयम् सेवकलाई नास्ता तथा सहयोग रकम वितरण शीर्षकमा २० खरिदमा ४२ हजार २ सय ३४ रुपैयाँ, शौचालय सरसफाइ तथा खानेपानी व्यवस्थापनमा ६० हजार ३ सय ३८ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी पानी खरिद शीर्षकमा १० हजार ९ सय ९९ रुपैयाँ लगायत अन्य विभिन्न सामाग्री खरिद गरेर ७ लाख ८५ हजार ३८९ रुपैयाँ बैक मौज्दात २३ लाख ८९ हजार ४ सय ७२ रुपैयाँ खर्छ भएको अध्यक्ष जोशीले बताए । गत विगत वर्ष भन्दा यस वर्ष ५ लाख बढी आम्दानी भएको उनले बताए । मेला जेठको १५ गते देखि १८ गतेसम्म लागेको थियो ।














