धनगढी- अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समिति सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र शहरी विकास डिभिजन कार्यालयमा तोडफोड गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गरेको भन्दै आन्दोलित भएका उनीहरूले शुक्रवार बिहान कार्यालयहरूमा पुगेर तोडफोड गरेका हुन् । उनीहरू केही दिन अघिदेखि धनगढीमा रिले अनशनमा बसिरहेका छन्।













