धनगढी- २०औँ राष्ट्रिय धान दिवसको अवसरमा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिंह धामीले कञ्चनपुरको बेलौरीमा धान रोपेका छन् । बेलौरी नगरपालिकाले आयोजना गरेको सो धान दिवसमा मन्त्री धामीले आज धान रोपेका हुन । मन्त्री धामीले बेलौरी नगरपालिका क्षेत्र भित्रमा १० वटा प्रजातिको धान रोपी दिवसको उद्घाटन गरेको स्वकीय सचिव रमेश भट्टराईले जानकारी दिए ।
धान दिवसको उद्घाटन गर्दै मन्त्री धामी ले आजको दिन कृषकको लागी महत्त्वपूर्ण भएको बताएका छन् । उनले बेलौरी नगरपालिका क्षेत्र भित्र रहेका कृषक उत्कृष्ट रहेको बताए। अबको ५ वर्षमा सुदूरपश्चिम प्रदेशले अन्य प्रदेश भन्दा कृर्षिमा फट्को मार्ने उनले विश्वास व्यक्त गरे ।
कृषि क्षेत्रको विकासका लागी प्रदेश सरकारले विशेष पहल गर्ने बताए । धान दिवस को कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरीको समेत सहभागी रहेको थियो ।
















