धनगढी- नेपाल सांस्कृतिक महासंघ कैलारी गाउँपालिकाको सभापतिमा सबिता थारुको चयन भएकी छन् । शनिवार हसुलियामा भएको नेपाल सांस्कृतिक महासंघ कैलारी गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा थारु चयन भएकी हुन् ।
उपसभापतिमा मञ्जु चौधरी ,सचिवमा विनय थारु, कोषाध्यक्षमा रामकृष्ण चौधरी चयन भएका छन् । यस्तै सदस्यहरूमा सुनिल चौधरी ,किशुनलाल चौधरी, तुलसी प्रसाद चौधरी, धनिराम चौधरी र सहदेव चौधरी चयन छन् ।
नेपाल सांस्कृतिक महासंघ कैलारी गाउँपालिका सभापति वीरबहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल सांस्कृतिक महासंघ केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) रहेका थिए भने विशिष्ट अतिथि नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य विष्णु भक्त खैर रहेका थिए ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य द्वय प्रेम विवश चन्द ,सरस्वती खडका भट्ट ,महासंघ कैलाली जिल्ला कार्यवाहक अध्यक्ष मेघा भट्ट , नेपाली काङ्ग्रेस कैलारी गाउँपालिका सचिव मिना चौधरी , नेपाल तरुण दल कैलारी गाउँपालिका केदारनाथ चौधरी ,नेपाल सांस्कृतिक महासंघ जिल्ला सदस्य द्वय अमृत चौधरी, राज चौधरी राजु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।













