• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

भजनीमा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती

  •   बुधबार, असार २०, २०८० मा प्रकाशित

कैलाली- कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ ।

खाने आहारा छैन, बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन । गौशालाको सास्तीले चराउन लगेका कैयौं चौपाया गौशाला फर्किंदैनन् । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएका छन् ।

उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छन् । २०७४ सालदेखि त्यहीँ काममा लागेकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ । ‘दैनिक साँझ–बिहान हामी गौशालामै हुन्छौं ।

आफ्नो काम गर्छौं । गौशालाको अवस्था हेर्दा निकै दया लाग्छ,’ बोहरा भन्छन्, ‘खानलाई आहारा छैन । घाममा चौपायालाई बस्न छहारी छैन भने पानीमा ओत लाग्ने ठाउँ छैन ।’बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् ।

गर्मीको समयमा मलमूत्र व्यवस्थापन संकलन गर्न सहज हुने गरेको भए पनि बर्षातको समयमा निकै कठिन हुने उनी बताउँछिन् । ‘काम नगरी हुँदैन । दिनभर काम गरेन भने घरमा चुलो बल्दैन,’ बिर्मादेवी भन्छिन्, ‘समयमा पाउनुपर्ने पैसा पनि पाइँदैन । जति राम्रो काम गरे पनि काम राम्रो भएन भनेर गुनासो आइरहन्छ ।’

उनले चौपायाका लागि ट्रस्ट निर्माण हुन सकेको भए चौपायालाई पनि राम्रो र त्यसबाट उत्पादन भएको मलमूत्रको व्यवस्थापनमा पनि राम्रो हुने बताइन् ।सामुदायिक चौपायाको व्यवस्थापन गर्ने एउटा समिति छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ । मलमूत्र व्यवस्थापन गर्ने र गोठाला गरी सातजना गौशालामा कार्यरत छन् ।

तिनको पारिश्रमिक भजनी नगरपालिकाले व्यहोर्दै आएको छ । प्रतिव्यक्ति ९ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रूपमा १ वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जंगलमा थेग्न निकै मुस्किल हुने गरेको उनी बताउँछन् ।

‘खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौंतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ,’ चौधरी भन्छन्, ‘खानेकुरा भए साँझ–बिहान आहारा दिन सकेको भए चौपाया खान नपाएर मर्ने अवस्था आउने थिएन होला ।’

उनले आफूहरू ५ जना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए ।चौपायाको आहाराका लागि नगरपालिकाले २ लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउँछन् । उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे ।

‘गौशालामा २५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो,’ देशरामले भने, ‘हाम्रो समितिमा त्यत्रो पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।’ रासस

  • चौपाया व्यवस्थापन
बुधबार, असार २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

समाचार

सबै

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.