• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

महँगीले चामल आयात घट्यो

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित

धनगढी- चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा यस वर्ष घटेको हो ।

चामल आयातमा कुनै पनि अवरोध नरहे पनि आफैं घटेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उनले बढ्दो महँगी र आफ्नै ठाउँमा उत्पादन वृद्धिले गर्दा चामल आयात घटेको हुनसक्ने बताए ।

भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट २३ हजार ६१५ टन चामल आयात भएकोमा चालु आर्थिक वर्षको असार १५ गतेसम्म पाँच हजार पाँच टनमात्रै चामल आयात भएको छ ।

गत वर्ष एक अर्ब ६ करोड ५६ लाख ४६ हजार रुपैयाँ मूल्यको चामल आयात भएको थियो । यस वर्ष २० करोड ४० लाख ८८ हजार रुपैयाँ मूल्यको चामल आयात भएको भन्सारले जनाएको छ । चामल आयातबाट भन्सार कार्यालयले गत वर्ष १३ करोड २५ लाख ३२ हजार रुपैयाँ र चालु आर्थिक वर्षमा दुई करोड ८४ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।

उनले नेपाली चामल र भारतीय चामलको मूल्य लगभग समान भएपछि व्यापारीले चामल आयात गर्न छोडेको बताए । भारतबाट मसिनो चामल आयात हुने गरेको छ । किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले मसिनो चामलको मूल्य बढेका कारण उपभोक्ताले मोटो चामल खान थालेको बताए । उनले २० किलोको एक कट्टा मसिनो चामलको मूल्य एक हजार ६ सय रुपैयाँ पर्दै आएकोमा यो बढेर दुई हजार दुई सय रुपैयाँ पर्न थालेको बताए । उनले २० किलो मोटो चामलको मूल्य ११ सय रुपैयाँ पर्दै आएकोमा बढेर १६ सय रुपैयाँ भएको बताए ।

“चामलको मूल्य बढेको छ । पहिले समिनो चामल आउने रेटमा अहिले मोटो चामल आइरहेको छ,” उनले भने, “मूल्य बढे पनि मानिसको आम्दानी बढेको छैन । त्यसो भएर मानिस बाध्य भएर मोटो चामल खान थालेका छन् ।” मोटो चामल प्रदेशमै उत्पादन हुने गरेको छ भने पछिल्लो समयमा मसिनो धानखेती पुनः सुरुवात भएको छ ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २०७७ मा सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९० टन धान उत्पादन भएको थियो भने २०७७ मा चार लाख ५६ हजार ५४२ टन धान उत्पादन भएको थियो । २०७९ मा कैलाली जिल्लामा मात्रै तीन लाख ५० हजार टन धान उत्पादन भएको थियो ।

कैलालीमा २०७७ मा तीन लाख सात हजार, २०७८ मा एक लाख ८० हजार टन धान उत्पादन भएको थियो । २०७७ मा कैलालीमा गरिमा जातको धान फलेको थिएन भने २०७८ मा धान काट्ने बेला आएको बेमौसमी बाढीले ठूलो परिणाममा धान उत्पादन घटेको थियो ।

सुदूरपश्चिममा आवश्यकताभन्दा एक लाख टन बढी धान उत्पादन हुने गरेको निर्देशनालयले जनाएको छ । सबैभन्दा कम धान उत्पादन भएको आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशको आवश्यकताभन्दा ४८ हजार १९१ टन धान बढी उत्पादन भएको निर्देशालयकी योजना अधिकृत मीना पौडेलले बताइन् ।

उनका अनुसार सो वर्ष आवश्यकताभन्दा कैलालीमा १७ हजार ७९७, कञ्चनपुरमा ५२ हजार २८८, डोटीमा चार हजार ५४७ टन धान बढी उत्पादन भएको थियो । डडेल्धुरामा २८१, बैतडीमा १० हजार ३७२, अछाममा पाँच हजार ६२६, बझाङमा तीन हजार ६३५ र दार्चुलामा चार हजार ९७६ टन धान आवश्यकताभन्दा कम उत्पादन भएको थियो । प्रदेश कृषि निर्देशक यज्ञराज जोशीले प्रदेशमा मोटो र मसिनो दुवै प्रकारको धान उत्पादन वृद्धि भएको बताए । उनले धान उत्पादन वृद्धि भएसँगै भारतबाट चामल ल्याउनुपर्ने माग घट्दै भएको बताए । कारोबारबाट

 

  • आयात घट्यो
बिहिबार, असार २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.