धनगढी- नेपाल परिवार नियोजन संघ कैलाली शाखाको अध्यक्षमा सुरेन्द्र बम चयन भएका छन्। शनिबार धनगढीमा भएको सभाले वमको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
शाखाको ३० औँ वार्षिक साधारण सभाबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन्। संघको कोषध्यक्षमा जनकराज जोशी, महिला सदस्यमा भगवती वडाल, युवा सदस्यमा स्तुति आचार्य र मोनिका वड, सदस्यमा रञ्जना जोशी, कुश्मा जोशी, वीरेन्द्र विष्ट र शुभाषचन्द्र उपाध्याय चयन भएका छन्।
उनीहरु तीन वर्षका लागि चयन भएका हुन्। संघको ३० औँ साधारण सभामा वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो।















