• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सुदूरमा शिक्षा : उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि

  •   सोमबार, असार २५, २०८० मा प्रकाशित

महेन्द्रनगर- कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो ।

अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर, सुदूर (टाढा) रहेन । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैँ ओझेलमा परेको विषय अब इतिहास भइसकेको छ ।

तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हुँदै गएको शिक्षाविद्को बुझाइ छ ।

विसं २०५० को सेरोफोरोमा कर्णालीयता महेन्द्र राजमार्गमा २२ वटा पक्की पुल बनेपछि स्थलमार्गबाट मुलुकका अन्य भू–भागसित जोडिएको सुदूरपश्चिममा हरेक क्षेत्रको विकासले गति लिँदै गएको छ ।

विसं २०६७ मा सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि यहाँका नागरिकले न्युन शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् ।

विसं २०६९ मा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

यहाँका मदन पुरस्कार विजेता भीमदत्त नगरपालिकाका नरबहादुर साउँदले विगतमा अध्ययनका लागि निकै कष्ट ब्यहोरेको बताउनुभयो । “हाइस्कुल बैतडी गाउँमै अध्ययन गरे”, उनले भने, “आइएस्सी ऐजीका लागि एक वर्ष काठमाडौँ र पछि चितवन रामपुर पुगेँ ।” उनले २०३६ सालमा उच्च शिक्षाका लागि भारतको लखनउ, गोरखपुर र भैरहवा हुँदै तीन लगाएर काठमाडौँ पुगेको स्मरण गराए ।

“अहिले त शिक्षामा पहुँच निकै सहज भइसक्यो”, उनले भने, “उ बेला प्राविधिक शिक्षामा पहुँच त यहाँ असम्भवजस्तै थियो ।” सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताए । सुदूरपश्चिममा अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको पहल हुँदैछ ।

“विसं २०५७ मा पनि उच्च शिक्षाका लागि दुई÷तीन दिनको बाटो हिँडेर काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो,” उनले भने, “त्यो बेला पनि एमएबिए गर्न पनि निकै सङ्घर्ष गरेर अध्ययन गर्न पाइन्थ्यो”, त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नुपरेको थियो विश्वविद्यालयको स्थापना पछि त्यो समस्याको अन्त्य भएको उनले बताए ।

“विसं २०५७ पछि मात्रै काठमाडौँ बाहिर पहिलो पकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको थियो”, उनले विगत सम्झिदै भने, “त्यो बेला अध्ययन गर्न धेरै दुःख थियो अहिले त घरमै आमा÷बुबाले पाएको रोटी आएर क्याम्पस जाने अवस्था यो राम्रो पक्ष हो ।”

विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको उनले बताए । “अब विश्वविद्यालयले युग सुहाउँदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ”, उनले भने, “विश्वविद्यालयले आंगिक क्याम्पस थप गरेर शिक्षाको विस्तार गनुपर्छे ।”

हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा क्याम्पसबाट उच्च शिक्षादेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ वटा र स्नाकोत्तर तहमा १० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन । गत शैक्षिक शत्रदेखि स्वास्थ्य विज्ञान सङ्काय तथा कानुन सङ्काय पनि सञ्चालनमा ल्याएको छ । मानविकी तथा समाजिक शास्त्र तथा व्यवस्थापन सङ्कायमा एमफिल र पिएचडी कार्यक्रममा सुरु सञ्चालनमा छन् ।

यहाँ मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इन्जिनियरिङ सङ्काय र कृषि विज्ञान सङ्कायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय स्थापनापछि सहज भएको छ । दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहजरुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालयमा विद्यावारिधि गरिराख्नुभएका प्रेमबहादुर सिंहले घरआँगनै विद्यावारिधि गर्न पाउँदा धेरै सहज भएको बताउनुभयो । “यहीँ विद्यावारिधि हुँदा पढ्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ”, उनले भने, “घर नजिकै कम खर्चमा विद्यावारिधि गर्न पाउँदा खुसी त हुने नै भयो ।” उनले उच्च शिक्षाका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता हटेको बताए ।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय सभाका सदस्य लिलाध्वज बस्नेतले उतबेला शिक्षा आर्जनका लागि धौ–धौ हुने सुदूरपश्चिममा अहिले सर्वसुलभरुपमा चाहेको विषय पढ्न मिलेको बताउनुभयो । “हामीले अध्ययन गर्ने बेला चाहेर पनि उच्च शिक्षामा हाम्रो पहुँच सहज थिएन ।”

सभा सदस्य बस्नेतले भने “अहिले घरको रुखोसुखो खाएर चाहेको विषय पढ्न सहज भएको छ ।” उति बेला पहुँच हुनेले मात्र उच्च शिक्षा अध्ययन गर्न पाउने बताउँदै उनले अहिले सर्वसाधारणले सहजरुपमा अध्ययन गर्न पाएको बताए । “त्यो बेला यहाँ क्याम्पस नै थिएनन्”, उनले भने “अब हामीले विश्वविद्यालयको विकास र गुणस्तरमा ध्यान दिनुपर्छ ।”

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले उतिबेला सुदू्रपश्चिममा उच्च शिक्षा कल्पनाभन्दा बाहिरको विषय रहेको बताए । “पहिला उच्च शिक्षा लिन नैै सहज थिएन सीमित कलेज थिए”, उपकुलपति जोशीले भने, “२०५५ सालपछि मात्रै केही कलेज स्थापना भएका हुन ।” त्यो बेला सीमित कलेज भएकाले उच्च शिक्षामा सबैको पहुँच हुँदैन थियो ।

“अहिले हामी क्रमिक सुधारमा लागेका छौ विद्यावारिधि र एमफिलका कार्यक्रम सञ्चालन छन्”, उनले भने, “अब सुदूरका जनताका छोराछोरीले सरकारी शुल्कमा मेडिकल शिक्षा पनि यहीबाट पाउने छन् ।” उनले सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । स्नातक तहमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पस गरी नौ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् भने स्नातकोत्तर तहमा एक हजार ८२ विद्यार्थी अध्यनरत छन् । रासस

 

  • सुदूरमा शिक्षा
सोमबार, असार २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द
सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

समाचार

सबै

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.